चितवन । छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
शम्भु भनिने दिलबहादुर थापालाई चितवनबाट हेलिकप्टरमा मेडिसिटी अस्पताल पठाइएको हो। सोमबार विहान चितवनस्थित लामिछानेकै घरको छतबाट खसेर उनी गम्भीर घाइते भएका थिए।
३६ घण्टासम्म पुरानो मेडिकल कलेजको भरतपुरमा सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिति स्थिर र सुधारोन्मुख रहेको लामिछानेले सामाजिक संजालमार्फत् जानकारी दिएका छन्।
चिकित्सक र आफन्तको सल्लाहमा मेडिसिटी अस्पताल लगिएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।