चितवन । चितवन क्षेत्र नम्बर दुईका उमेदवार नेपाली काँग्रेसका महान्त्री गगन थापाले भावनाको कुरामा नलागी आफ्नो उमेदवार जिताउन लागी परेका छन् । स्थानिय भूगोलसंग परिचित रहेका उनले छान्न आग्रह गरे ।
स्थानिय भुगोल चिनेको सच्चा प्रनिनिधि रहेको कारण पार्टीले उमेदवार बनाएको भन्दै जिताउन आग्रह गरे । ‘ जित नारायण कयौ पटक पहाड उक्लिए तर फोटो खिचाएनन् , यही माटो चिनेको उमेदवार हो , ’ थापाले भने , ‘ उहाँलाई संसदमा पठाए विकासका आकाक्षा पुरा गर्न सकिन्छ । यो पटक हामी विचलित हुन भएन , ’ संसदमा लड्न भिड्न सक्ने विचारको स्थानिय नेतालाई जिताएर पठाउन आग्रह गरे ।
वर्षौदेखी पार्टी र स्थानिय समस्यामा भिड्दै आएका उमेदवार पार्टीका उमेदवार जिताउन आग्रह गरेका छन् । थापाले पार्टीभित्र बसेर मनको हरि नविर्सन आग्रह गरेका छन् । पार्टीभित्र बसेर आफ्नै उमेदवारलाई भोट नहाल्ने परिपाटी त्याग्न आग्रह गरेका छन् । पार्टीका उमेदवार हराएर पार्टी रुपमान्तरण नहुने भन्दै कार्यकर्तालाई चुनावी परिणाम ल्याउनका लागी अनुरोध गरेका छन् ।
कालिका नगरपालिकाको क्लब चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कार्यकर्ताको चाहना अनुसार पार्टिलाई रुपान्तरण गर्न लागेको बताउदै महामन्त्री थापाले पहिलाको कुरा विर्सिएर यो पटक पार्टीलाई जिताउन आब्हान गरेका छन् । ‘ पार्टी रुपमान्तरण गर्नुपर्छ , तपाईले सोचे अनुसार हामी गर्दैछौ , जीतनारायण हराएर काँग्रेस रुपमान्तरण हुने हो र ?, ’ उनले प्रश्न गरे , ‘ बाहिर रुख रुखमा भन्ने भित्र भोट नहाल्ने काम छोडौ । सबैकुरा विर्सिएर यो पटक पार्टीका उमेदवार जिताउनुस । यो पाँच वर्ष फेरी खेर नफाल्न हुदैन । ’