चितवन । कोरोनाका कारण चितवनमा एक पुरुषको मृत्यु भएको छ । उनी निमोनिया भई उपचारका लागि अस्पताल भर्ना भएका थिए ।भरतपुर १० का ६४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारको क्रममा हिजो वैशाख २ गते मृत्यु भएको हो ।
पाँच महिनापछि चितवनमा पुनः कोरोना सङ्क्रमित भेटिएका छन् । गत वर्ष गत कात्तिक १८ गते अन्तिम पटक जिल्ला स्वास्थ्य कार्यालयले चितवनमा ३ जनामा कोरोना सङ्क्रमण भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । चितवनमा हाल १० जना होम आइसोलेसनमा रहेका छन् । जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५१ पुगेको छ ।
गत चैत १८ गते २ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।