काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गित ‘सकम्बरी’ले युट्युबमा अपलोड गरेको एक दिनमै इतिहास रचेको छ । अपलोड गरेको २४ घण्टामा उक्त गित युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लिएको छ भने १० लाख भन्दा बढी भ्युज पाइसकेको छ ।
एक आम मानिस आफ्नो बाध्यता र महत्वाकांक्षाका कारण कसरी गलत बाटोमा हिँड्छन् भन्ने कुरा गितमा देखाइएको छ । विभिन्न क्षेत्रमा हुने यौन उत्पीडनलाई भिडियोमा प्रतीकात्मक रुपमा प्रस्तुत गरिएको छ ।
प्रकाश सपुत र बर्ता गन्धर्वका स्वर रहेको गितमा फुलमायाको रुपमा कुशुम शर्माले अभिनय गरेकी छन् । उनको साथमा सुनिल थापा, निक्स शर्मा, सन्जोग रसाईली, सरस्वती अधिकारी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।