चितवन। भरतपुर महानगरपालिकाले दैनिक उपभोग्य बस्तुको बजार अनुगमनलाई सोमबार पनि निरन्तरता दिएको छ । बजारमा व्यापक मात्रामा कालोबजारी , राजश्व छली , अखाद्य बस्तुको बिक्रीवितरण , अबैधानिक बस्तुहरुको खुलेआम रुपमा कारोबार भएको व्यापक जनगुनासो आए पछि महानगरले बजार अनुगमनलाइ कडाइका साथ अगाडि बढाएको हो ।
नारायणगढको बालकुमारी सब्जी मण्डिमा ब्यापारीले अबैध बिषादी हालेको माछा ग्राहकलाइ बेचेको भन्ने गुनासो आएपछि सोमबार त्यस स्थानमा छड्के अनुगमन गर्दा एक दर्जन भन्दा बढी माछा पसल कारबाहीमा परेका छन । अबैध भारतीय माछा बिक्रीवितरण गरेको भन्दै गोर्खा माछा पसल अनिश्चितकालका लागि बन्द गरेको वडा न २ का अध्यक्ष मनोज रानाभाटले बताए । एक पटकलाइ सजग गराउन भन्दै बन्द गराइएको हो उनले भने,पछि ब्यबस्थित भएपछी महानगरको रोहवरमा खुलाउने गरि बन्द गरिएको हो ।
यस्तै नारायणगढको प्रगतिपथमा रहेको श्रेष्ठ किराना पसल,भेटघाट रेस्टुरेन्ट,राम मिष्ठान्न भण्डार,बैष्णब मिष्ठान्न भण्डार लगाएत दुई दर्जन भन्दा बढी पसलमा अनुगमन गरेको छ ।
महानगरका नगर उप प्रमुख एवं अनुगमन समितिका सयोजक चित्रसेन अधिकारीको निर्देशनमा आइतबारदेखि बजार अनुगमनले निरन्तरता पाएको हो ।
सोमबारको बजार अनुगमनमा वडा न २ का अध्यक्ष मनोज रानाभाट, अनुगमन समितिका सदस्य बिष्णु बहादुर भुजेल,खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनका प्रमुख घननाथ अधिकारी, विभिन्न शाखा तथा महाशाखाका प्रमुख, पत्रकार, प्रहरी तथा नगर प्रहरीको उपस्थिति रहेको थियोे ।
खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनका प्रमुख घननाथ अधिकारीले बजारमा ब्यापारीले उपभोक्ता माथी चरम लापरबाही गरेको बताउनु भयो । उपभोक्ताको स्वास्थ्य माथी निकै ठुलो चलखेल भएको छ प्रमुख अधिकारीले भने,अब बजारलाइ बिस्तारै नियन्त्रणमा ल्याउनुको विकल्प छैन ।
स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो ।
बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली बनाएर बजारको व्यवस्था हेर्ने कामलाई तीब्र बनाएको हो । अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ ।
अनुगमन समितिका सदस्य बिष्णु बहादुर भुजेलले बजार भद्रगोल अवस्थामा पुगेको प्रष्ट पारे । अब महानगर बिस्तारै कडा रुपमा प्रस्तुत हुन्छ भुजेलले भने, एक पटक ब्यापारीलाई सच्चिने मौका दिन्छौ, पुन आउदा यहि क्रम दोहोरिएको खण्डमा कडा कामकारबाही हुन्छ ।
बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको हो ।
ब्यबसायीहरुलाइ मापदण्ड अनुसार आफ्नो ब्यापार सन्चालन गर्न, मुल्य सुची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन,बिल भर्पाइलाइ छरितो बनाउन, चाडपर्बको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ । बजार अनुगमनमा गएको टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ ।