चितवन। दैनिक उपभोग्य बस्तुको बजार अनुगमनलाई भरतपुर महानगरले नियमित गरेको छ । स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो ।
आइतबार महानगरका उपप्रमुख एवं अनुगमन समितिका सयोजक चित्रसेन अधिकारीको निर्देशनमा भरतपुर १ स्थित रामनगर बजारमा छड्के अनुगमन गरिएको हो ।
अनुगमन समितिका सदस्य बिष्णु बहादुर भुजेलको अग्रसरतामा बजार अनुगमनमा निस्केको टोलिले भरतपुर क्षेत्र का विभिन्न ठाउँहरुमा अनुगमन गरेको छ ।भुजेलका अनुसार खरिद र विक्री बिल देखाउन नसक्नु, महानगरको दर्ता र नविकरण नहुनु, तौलका सामग्री तथा उपकरणको नविकरण देखाउन नसक्नु जस्ता समस्या रहेका छन् । अनुगमन टोली बजारमा पुगेपछि थोक व्यापारी व्यापार छोडेर लाखापाखा लाग्ने गरेका छन् । यो अवस्था विगतदेखि नै छ । आइतबारको अनुगमनमा पनि यही क्रम दोहोरियो ।
बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली बनाएर बजारको व्यवस्था हेर्ने कामलाई तीब्र बनाएको हो । अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ ।
उपभोग्य सामान मात्र विक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्र बनाइएको छ,बजार अनुगमन कार्य भरतपुर महानगर अन्तर्गतको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्य मै पर्दछ । पछिल्लो पटक बजारमा कालो बजारी बढेकाे,म्याद नाघेका बस्तुहरुको खुलेआम बिक्रीवितरण भइरहेको, केही पसलहरु बिना दर्ता सन्चालनमा आएका, कुनै कुनै पसलहरु नवीकरण नगरिकन संचालित भएका लगाएका जनगुनासोहरु व्यापक आएको हुँदा हामीले बजार अनुगमनलाइ निरन्तर रुपमै गरिरहेका छौ, भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले भने । बजार अनुगमनमा हामी मात्रै छैनौ हामी सग जिल्ला प्रशासन कार्यलय चितवन ,जिल्ला प्रहरी कार्यलय चितवन ,उधोग बाणिज्य सघ चितवन,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय चितवन, उपभोक्ता अधिकार सरक्षण मन्च,महानगरको कृषि ,पशुपक्षि र मत्स्य शाखाका प्रतिनिधिहरु, पत्रकार, नगर प्रहरी लगाएत सरकारी तथ गैरसरकारी कार्यलयका प्रतिनिधिहरुको साथ र सहयोग छ ।
बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको हो ।
ब्यबसायीहरुलाइ मापदण्ड अनुसार आफ्नो ब्यापार सन्चालन गर्न, मुल्य सुची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन,बिल भर्पाइलाइ छरितो बनाउन, चाडपर्बको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ । नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको हो । उपभोक्ताहरुको हितलाइ ध्यानमा राखी स्वच्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्र भित्र हुने स्थानीय बजारमा अनुगमनलाई तिब्रता दिएको छ ।
बजार अनुगमनमा गएको टोलीले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । बस्तु वा सेवाका उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, संकलनकर्ता बजारसँग सम्बन्धित पक्ष हुन् । यी पक्षको दर्ता, अनुमति, सिफारिस, नविकरण हामीले हेर्ने गरेका छौँ ।’