चितवन । चितवनको भरतपुर महानगरपालिका र गुल्मीको धुर्कोट गाउँपालिका बीच भगिनी सम्बन्ध स्थापना भएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल कुमार पोखरेलले गुल्मीमा एक समारोहका विच आज समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समारोहमा धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले समझदारी पत्रमा दुवै स्थानीय तह भित्र रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्त्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार प्रसार गर्ने , दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजहरूलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने ,लगायतका मद्दत पुग्ने बताएका थिए ।