चितवन । बैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सहायक निर्वाचन अधिकृत इश्वर आचार्यका अनुसार १२ जना विभिन्न राजनीतिक दलबाट र १२ जनाले स्वतन्त्र हिसावले उम्मेदवारी दर्ता गराएका हुन् । २४ जनामा २ जना महिला छन् । उनीहरु स्वतन्त्र उम्मेदवार रहेका छन् ।
चैत २१ गते दावी विरोधको समय रहेको र २३ गते स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिइने दिइने उनले जानकारी दिए।