चितवन। जनसांस्कृतिक महासंघ चितवनको आयोजना तथा नारी स्रष्टा अमृता रामदाम रसाइलीको सहआयोजनामा शारदा घरदैलो प्रतिभा प्रवाह साहित्यिक कार्यक्रमको १६१औँ शृङ्खला तथा ३०औँ पारिजात स्मृति दिवसमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
जनसांस्कृतिक महासंघ चितवनका सदस्य तुलसी पण्डितको सभापतित्व एवं नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ साहित्यकार रामहरि श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भरतपुर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, साहित्यकार लकाश पौडेल, कृष्णप्रसाद पोखरेल, श्रीरेन्द्र प्रकाश पोखरेल, रामनाथ त्रिपाठी, उदयनाथ रेग्मी, सूर्यकिरण रेग्मी, नारायणदत्त देवकोटा, प्रेमप्रकाश रामदाम, गीता रसाइली, मीना बराली, अनुराधा पोखरेललगायतले रचना वाचन गरेका थिए ।
अमृता रामदाम रसाइलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा रामहरि श्रेष्ठले अमृताको व्यक्तित्व कृतित्व र इन्द्र रेग्मीले शहीद शारदा श्रेष्ठ, साहित्यकार पारिजात र घरदैलो प्रतिभा प्रवाहको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन राजेन्द्र घायलले गरेका थिए ।