चितवन। रत्ननगर स्थित गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई शनिबार खाद्यान्न सहयोग गरिएको छ ।
चितवनको माडी स्थायी घरभई अस्ट्रियामा बस्दै आएकी माया लामा लोप्चन र उनका श्रीमान एल्मरले एक लाख ५० हजार रुपैया बराबरको खाद्यान्न सहयोग गरेका हुन । ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारको पहलमा सो सहयोग गरिएको हो । ५० बोरा चामल, तीन बोरा आलु, तीन बोरा प्याज र एक बोरा लसुन सहयोग गरिएको छ ।
२०७२ सालदेखि भौतिक संरचना निर्माण सहित आवश्यक अन्य सहयोग गर्दै आएकी माया लामाले पछिल्लो पटक अस्ट्रियामा खाना विक्री बापत संकलन भएको रकमले खाद्यान्न सहयोग गरेकी हुन । सीमान्तकृत समुदायको शिक्षा र स्वास्थ्यमा सहयोग गर्न उनले धन्यवाद नामक संस्था स्थापना गरेकी छन् । अस्ट्रियामा विभिन्न गतिविधि गरेर संकलन भएको रकम उनले नेपालमा सामाजिक क्षेत्रमा खर्च गर्दै आएकी छन् ।
भूकम्पको बेला पनि उनले विभिन्न ठाँउमा आर्थिक तथा सामाग्री सहयोग गरेकी थिइन । ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारले विगत ८ बर्ष देखि माया लामाले सीमान्तकृत चेपाङ समुदायका बालवालिकाको शिक्षा र स्वास्थ्यको लागि सहयोग गर्र्दै आएको बताए ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा सामाजिक अभियान्ता नानी नहर्की,केन्द्रका अध्यक्ष केपिकिरण शर्मा,पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा लगायतको सहभागिता रहेको थियो । केन्द्रमा हाल १४० जना वालवालिकाहरु आवासीय सुविधा सहित अध्यायन गरिरहेका छन् । साथै उनीहरुले केन्द्रमा आश्रित बालवालिकाहरुलाई वनभोज समेत खुवाएका छन् ।