चितवन । बैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि शनिबार चितवन क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । चितवन कारागार अगाडिपट्टि चितवन उद्योग संघको आडैमा रहेको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपाने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । निर्वाचन आयोगले उपनिर्वाचनको लागि चैत २० गते मनोनयन दर्ताको समय तोकेको छ । चितवन–२ मा नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेबीच प्रतिस्पर्धा हुने भएको छ ।