चितवन। गेट वे मेन्स एसोसेरिज र चेन क्लोथिङ स्टोर्स विगबजार नारायणगढले शैक्षिक सामाग्री, लत्ता कपडा वितरण तथा भोजन गराएको छ। स्वर्गीय सन्तोष घिमिरेको स्मृतिमा श्री जुना पूर्व प्राथमिक विद्यालयका ४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
विद्यालयका ४३ जना विद्यार्थीलाई कापी कलमलगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो । यस्तै जगन्नाथ टोल विकास संस्थाका दुई सय जना भन्दा बढीलाई लत्ताकपडा वितरण गरेको छ । यस्तै करिब २५० जानालाई खाना पनि खुवाईएको गेट वे मेन्स एसोसेरिज र चेन क्लोथिङ स्टोरर्सका संचालक बिनोद न्यौपानेले जानकारी दिनुभयो ।
आगामी दिनमा पनि यसरी सामाजिक कार्यलाई निरन्तरता दिने न्यौपानेले बताउनुभयो । कार्यक्रममा बोल्दै गैंडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटाले भुजेल समुदायका बालबालिकाको सहयोग गर्ने बताए । यस्तै विद्यालयको भौतिक बिकासका लागि पनि आवश्यक सहयोगको प्रतिवद्धता जनाउनुभयो ।
गैंडाकोट ३ का वडाध्यक्ष शिव कान्त तिवारीसंग पनि समन्वय गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा गैंडाकोट ३ कि वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत उपस्थित थिए । कार्यक्रम गैंडाकोट नगर युवा संजालका अध्यक्ष रोशन दर्लामी मगरले सञ्चालन गर्नु भएको थियो।