चितवन । रामनवमी पर्वको अवसरमा माडी नगरपालिकाले भोलि चैत १६ गते स्थानीय सार्वजनिक बिदा दिएको छ ।
नगरप्रमुख स्तरको निणर्यबाट चैत १६ गते रामनवमीका दिन माडी नगर क्षेत्रभित्र रहेका सबै सरकारी तथा सार्वजनिक कार्यालय र शिक्षण संस्थाहरु बन्द रहने गरी स्थानीय बिदा दिइने नगरपालिकाले एक सुचना प्रकाशन गरी जनाएको हो ।
रामनवमी पर्वमा माडीको गोद्धक, सोमेश्वरगढी र बिक्रमबाबा थानमा एकैसाथ तीनवटा भव्य मेला लाग्दै आएको छ ।
चितवनको माडी नगरपालिकामा भोलि सार्वजनिक बिदा
चितवनको माडी नगरपालिकामा भोलि सार्वजनिक बिदा
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु