छाेरालाई बन्दुक बाेक्न पठाएँ
तिम्राे अपिलमा मैले ।
ऊ मारियाे
तिमीले सहिद भन्याै मुठ्ठी उठाउँदै
सपना साकार पार्छाैं भन्याै
आमा, हामी छाै भन्याै
बुढीकाे कासन नाघ्न सकेन आँशुले
जसरी सालिकहरु नाघ्थेनन् तिम्रा कासनहरु
एकाेहाेराे ऊ हेरिरहन्थी तिमीलाई
तिमी भन्दै जान्थ्याै
कमरेड सालिक महान् हुन् ।
दर्जनाैं वर्षहरू हैरान भए
वर्षमानहरू हर्षमान बने
तर
मेरी बुढीकाे जीवनमा हर्ष आएन ।
सुन्दै छु:
तिम्राे छाेराकाे सालिक बनेछ
हाम्राे सालिके त राजपत्रमा पनि अटेन ।
तिम्रा सन्तानका नाममा म्याराथुन हुँदै रहेछ
भाग लिन्छु भन्थी ऊ
रुँदै रुँदै फर्केकी छ
तिम्रै कामरेड सालिककी छाेरी
दर्ता शुल्क नभएर !
तिम्रा नातिनातिनाका फाेटा आउने रहेछन् फेसबुकमा
तिमीलाई विश्वासकाे मत दिने
हाम्राे सालिकलाई आतङ्ककारी भन्ने
दलेकी कान्छी जहानले देखाउँछे रे
सहिदकी आमा बर्बराउँछे ।
रुन्छे …., हाँस्छे …र प्रत्येक दिन बिहानै
तिम्रै ज्वाइकाे ठेक्कामा बनेकाे
दुई वर्ष पुग्दा नपुग्दै ढलेकाे
सहिद स्तम्भ भन्छन् क्यारे !
हाे त्यसैकाे फेदमा जान्छे र भुतभुताउँछे :
सालिके तेराे रगत बेचेर
तेराे कामरेड दरबार पसेकाे छ ।
टुहुरीलाई मैले स्कुल पठाउन सकिन बाबु तेरी !
आइज न बाबु कहिले काहिँ सपनामा
घर नचिन्लास्
हेर्नू ,
दैलामाथि ठूलाे फाेटाे छ
र लेखिएकाे छ तेराे नाम
कमरेड सालिक !
उसकाे दैनिकी हाे याे
अनि फर्कन्छे अलापविलाप गर्दै सहिद कुञ्जमा !
आमाकाे दैनिकी

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु