चितवन । चितवनको १४ औं महाधिवेशन संघारमा आउंँदै गर्दा जिल्लाको अधिवेशनको लागि सरगर्मी पनि ह्वात्तै बढेको छ । चितवनमा पनि कांँग्रेसको वडा देखि जिल्ला पदमा आकांक्षी तथा घोषणा गर्ने क्रम बढ्दै गएको छ । यो क्रमसंँगै जिल्ला कार्यसमितिमा युवा तथा जुझारु नेता दिपक अधिकारीले आगामी १४ औँ महाधिवेशनमा चितवन जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काग्रेँस पार्टीमा देखिएको विकृती हटाउन, पार्टीलाई गोलबन्द गर्न र युवा पुस्तालाईअग्रसर गराउन आफुले सचिव पदमा उम्मेदवारीमा घोषण गरेको अधिकारीले बताए । काँग्रेसको विभिन्न पदमा रहेका काम गरेका अधिकारी लामो समयदेखि सामाजिक कार्यमा समेत क्रियाशिल रहदै आएका छन् । अधिकारी गाँउ तह हुदै बालकुमारी कलेजमा नेविसंघ, तरुण दल जिल्ला सदस्य, युवा विद्यार्थीको क्षेत्रिय संयोजक, ५ बर्ष क्षेत्रिय सदस्य, जिल्ला सदस्यसहित ९ वर्ष मंगलपुरको सेतीदेवी सामुदायिक वनको अध्यक्षसहित विभिन्न दुई दर्जन बढी संघसंस्थामा रहेर कुशल पूर्वक काम गरिसेका छन् । उनी एक जिल्लामा लोकप्रिय नेताको रुपमा परिचित छन ।