चितवन ।चितवनको खैरहनी नगरपालिका स्थानिय आर्थिक विकासको क्षेत्रमा उत्कृष्ट नगरपालिका भएको छ । नेपाल नगरपालिका संघको ३० औं स्थापना दिवसको अवसरमा खैरहनी नगरपालिका उत्कृष्ट नगरपालिका पुरस्कार २०७९ बाट पुरस्कृत भएको छ ।
खैरहनी नगरपालिकाका प्रमुख शशि कुमार खनियाँ र उपप्रमुख कविता उप्रेतीलाई प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले कदरपत्र प्रदान गरेका थिए । आर्थिक बर्ष २०७८/७९ मा स्थानिय आर्थिक विकास क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै खैरहनी नगरपालिकालाई उत्कृष्ट नगरपालिका पुरस्कारबाट पुरस्कृत भएको हो ।