चितवन। कोही विद्यार्थीहरु नृत्य देखाउन आतुर थिए, कोही गायन र वाक कला प्रस्तुत गर्न ।विज्ञान विषयमा आफुले पढेका कुराहरु देखाउन विज्ञान प्रर्दशनी बनेको थियो । चित्र प्रदर्शनीमा आफुले बनाएको चित्र देखाउन विद्यार्थीहरुले अभिभावकालई घुमाईं रहेका थिए । खानको स्टलमा आफैँले पकाएको खाजको परिकार विद्यार्थीहरुले वितरण गरिरहेका थिए । अभिभावकहरु आफ्ना सन्तानको प्रस्तुती र गतिविधि देखेर दंग हुनुहुन्थ्यो । शिक्षक शिक्षिकाहरु विद्यार्थीहरुसंगै व्यवस्थापनामा खटिनु भएको थियो ।
शुक्रवार रत्ननगर-१० मा रहेको न्यू स्पिडी आवासीय माध्यामिक विद्यालयमा देखिएको यो दृश्य निकै रोचक थियो । जहाँ विद्यालयले सबै विद्यार्थीलाई आ-आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिँदै स्थापनाको २९औँ वार्षिकोत्सव आयोजना गरेको थियो ।
विद्यालयका प्रिन्सिपल अर्जुन बहादुर थापाका अनुसार विद्यालयमा भएका सबै विद्यार्थीले केही न केही आफ्नो प्रतिभा देखाउने मौका पाऊन् भन्ने उद्धेश्यले फरक शैलिमा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयाे । जहाँ विद्यार्थीहरुकै सक्रियतामा खानाको स्टल, विज्ञान प्रद्धशनी, चित्रकला प्रद्धशनी थियो । विभिन्न जातजाति र आकर्षक पोशाकमा सजिएका विद्यार्थीहरुले नृत्य, गायनसंगै आफ्नो कला प्रस्तुत गरेका थिए । थापाका अनुसार विद्यालयको वार्षिकोत्सवले विद्यार्थीहरुलाई आफूभित्रको प्रतिभा प्रदर्शन गर्ने मौका दिईरहेको थियो ।
वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि रत्ननगरनगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष कलाधार पौडेलले शैक्षिक उत्कृष्टतासहित विद्यार्थीको सर्वागीण विकास र व्यवहारिक शिक्षाका निम्ति विद्यालयले हरदम प्रायस जारी राख्नुपर्ने सुझाव दिनुभयो । पछिल्लो दिनमा किशोर अवस्थामा लागुऔषध दुव्र्यसनिमा फस्नेको संख्या बढेको भन्दै शिक्षक, अभिभावकमा सचेत बन समेत अनुरोध गर्नु भएको थियो ।
२०५० सालमा स्थापना भएको यस विद्यालयमा अत्तिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ३ देखि ८ सम्म आर्ट विषय र १ देखि ५ कक्षा सम्म शिक्षकनै राखेर नृत्य लगायतका अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएकोछ । विद्यालयले नेपाली क्लव, ईग्लीस क्लव, क्वीच क्लव, प्रतिभा प्रस्तुत गर्ने क्लवहरु बनाएर विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोडेको विद्यालयका निर्देशक डिल्लीराम पोख्रेलले जानकारी दिनुभयो ।
वालमैत्रि वतावरणमा पठनपाठन गर्दै आएको यस विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुदैँ आएको छ । विद्यालयले छुट्टै भवनमा बालबालिकाको भावना अनुसार मन्टेश्वरीको पठनपाठन गर्दै आएको पोख्रेलले बताउनु भयो ।