चितवन । माडीमा सञ्चालित निःशुल्क शल्यक्रिया सहितको आँखा शिविरमा कुल १ हजार ५ सय ५२ जनाले आँखा परीक्षण र उपचार सेवा लिएका छन् ।
नेपाल नेत्र ज्योति संघ, भरतपूर आँखा अस्पताल, माडी नगरपालिका, लायन्स क्लब नारायणगढ, लायन्स क्लब अफ नारायणगढ मिड टाउन र आँखा उपचार केन्द्र माडीको संयुक्त आयोजनामा संचालन भएको आँखा शिविर कुल १५ सय ५२ जनाले आँखा परीक्षण गरेका हुन् ।
त्यसमध्ये २ सय १९ जनाको अप्रेशन र ४ सय जनालाई चस्मा वितरण गरिएको आँखा उपचार केन्द्र माडीका सहयोग समिति संयोजक श्री प्रसाद दवाडीले जानकारी दिनुभयो । शिविरमा मोतियाबिन्दुको निःशुल्क परीक्षण सहित निःशुल्क अप्रेशन समेत गरिएको उहाँले जानकारी दिनुभयो ।