चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणीको पुलमा जडान भएको स्मार्ट बत्तीको स्मार्ट प्रविधिबाट बत्ती बालेर उद्घाटन गर्नुभएको छ । बिहीबार साँझ स्मार्ट लाईट सफ्टवेयरलाई ल्यापटप कम्प्युटरबाट स्वीच अन गरेर बत्ती बाल्नु भएको हो ।
गत जेठमा आएको हावाहुरीले नारायणी पुलमा रहेका बत्तीका पोलहरु भाँचिएको थियो । करिब ५ सय मिटर लामो पुलमा १४ वटा स्मार्ट बत्ती जडान भएको नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले जनाएको छ ।
भरतपुर महानगरपालिकाले उज्यालो भरतपुर कार्यक्रम अन्तरगत मूख्य सडकमा स्मार्ट लाईट जडान गर्ने लक्ष्य लिए अनुसार पहिलो चरणको काम सम्पन्न गरेको छ । दोस्रो चरणको कार्यक्रमका लागि १५० किमी सडकमा स्मार्ट लाईट जडान गर्न केही दिनअघि बोलपत्र आह्वान भएको छ ।