चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले बिल बिजक भन्दा बढीको लत्ता कपडा लगायतका विभिन्न खुद्रा सामानसहितको एक ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वबाट चितवनतर्फ आउँदै गरेको ग १ ख ३३३२ नं. को भाडाको ट्रकलाई जिल्ला प्रहरी कार्यालय चितवन एवं मातहतका प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले मंगलबार हिजो बिहान ८ २० मा भरतपुर–१० केन्द्रिय बसपार्क चोकबाट पक्राउ गरेको हो ।
केन्द्रिय बसपार्क चोक स्थित सडक खण्डमा उक्त ट्रकलाई रोकी खानतलासी एवं प्रारम्भिक अनुसन्धान गर्दा बिल बिजक भन्दा बढी समान भएको खुल्न आएकाले उक्त ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीकोलागी राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाईएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।