चितवन। जापान जाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले २०२३ अप्रिल इन्टेकका लागि पनि उत्कृष्ट नतिजा हासिल गरेको छ । यस इन्टेकमा सेन्ट्रल कलेजमा अध्ययन गरेका ३ सयबढी विद्यार्थीले सिओई प्राप्त गर्न सफल भएका छन् ।
कलेजबाट अप्लाई भएका विद्यार्थीको नतिजा सार्वजनिक गर्दा ३ सयबढि विद्यार्थीले सिओई प्राप्त गरेका हुन् । अझै डेढसय विद्यार्थीको रिजल्ट आउन बाँकी रहेको सेन्ट्रल कलेज चितवनले जनाएको छ । पछिल्लो समय सेन्ट्रल कलेज जापान जानका लागि उत्कृष्ट र विश्वासिलो परामर्श केन्द्रको रुपमा स्थापित भएको छ ।
जापानका लागि प्रोसेस चालेका ७५ प्रतिशतभन्दा बढी विद्यार्थीले सिओई प्राप्त गरेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेलले बताए । ‘सिओई प्राप्त गरेको विद्यार्थीको एक प्रतिशत काम मात्रै बाँकी रहन्छ । हामिले सिओईलाई भिसा बराबरको सफलता मान्छौँ’, उनी भन्छन्, ‘सेन्ट्रल कलेजले सयौँलाई सफलता दिन सफल भएको छ । करिब ७५ प्रतिशत भन्दाबढी सक्सेस रेट दिन सकेको छ ।’ ‘सिओई प्राप्त भएपछि काठमाडौँस्थित जापानिज दुतावासमा विद्यार्थीको अन्तरवार्ता र पासपोर्टमा छाप लगाउने काम मात्र बाँकी हुन्छ’,उनले भने ।
सेन्ट्रल कलेजले जापानको विभिन्न सहरका स्कुल, कलेज तथा विश्वविद्यालयमा अप्लाई गरेका विद्यार्थीहरुको ‘२०२३ अप्रिल इन्टेक’ को सिओई नतिजा हालसालै सार्वजनिक भएपछि बधाई समेत ज्ञापन गरेको छ । प्रिन्सिपल पौडेलकाअनुसार कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् । अझै करिब १ सय ५० विद्यार्थीको नतिजा आउन बाँकी रहेको उनले बताए । ‘सिओई प्राप्त गरेपछि पनि विद्यार्थीलाई जापान पठाएर त्यहाँ सेटलमेन्टसम्मको जिम्मा हामिले नै लिन्छौँ’, उनले भने ।
टोकियोमा अप्लाई गरेका केहि विद्यार्थीहरुको नतिजा विग्रिएपनि अन्य ठाउँको नतिजा राम्रो आएको पौडेलले बताए । सिओई प्राप्त विद्यार्थी विदेश जाने अवसर ९९ प्रतिशत सुनिश्चित हुने पौडेलको भनाई छ । ‘सेन्ट्रल कलेजले जापान जानका लागि विश्वासिलो परामर्श केन्द्रका रुपमा आफुलाई अगाडि बढाएको छ’, उनले भने ।
सेन्ट्रल कलेजले जापानका टोकियो, ओसाका, नागोया, फुकुओका, हिरोसिमा, वकिनवा, सेन्दाई, लगायतका विभिन्न सहरहरुमा विद्यार्थी पठाउँदै आइरहेको छ । कलेजले परामर्श, भाषा कक्षा, अप्लाई गर्ने र जापानको विद्यालयमा भर्ना गराउन सहयोग गर्ने लगायत विद्यार्थीलाई उक्त ठाउँमा पु¥याउने व्यवस्था गर्ने गरेको उनको भनाई छ ।
सेन्ट्रल कलेजमा भाषा कक्षा अध्ययन गर्न चाहनेले कलेजको मूख्य कार्यालय नारायणगढ, र अन्य शाखा कार्यालयहरु बुटवल, पोखरा, कावासोती, दमौली, हेटौँडा लगायतका ठाउँहरुमा पनि सम्पर्क गर्न सक्नेछन् । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत संचालन गरिसकेको छ । कलेजले जापान संगै अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम समेत गरिरहेको छ ।