चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा रोकि राखेको टिप्परमा माइक्रो बस ठोक्किँदा १६ जना घाइते भएका छन् । आज दिउँसो करिब ४ः४५ बजेको समयमा रोकिराखेको ना६ख ४४९० नम्बरको टिप्पर पछाडि नारायणगढबाट काठमाण्डौतर्फ गई रहेको बा ३ ख ५८९१ नम्बरको माईक्रो ठोक्किन जांदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा घाइतेहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । माईक्रो चालक धादिङको गजुरी गाउँपालिका–४ बस्ने वर्ष ३२ को धन बहादुर तामाङ ईप्रका गजुरी धादिङको सम्पर्कमा पुगेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
पुरानो मेडिकल कलेजमा उपचार भई रहेको घाईतेहरूः
– काठमाण्डौ स्वयम्भु बस्ने बर्ष ३१ की दोलक गुरुङ
– नवलपुर गैंडाकोट नगरपालिका–२ बस्ने वर्ष २५ की मुस्कान श्रेष्ठ (गम्भिर), निजकै छोरा बर्ष ७ को उज्वल श्रेष्ठ
– काठमाण्डौ स्वयम्भु बस्ने बर्ष ६१ को बिक्की वाङबो गुरुङ (गम्भिर)
– पर्सा बिरगन्ज महानगरपालिका–१४ बस्ने वर्ष ५० को बिन्दा गिरी
– चितवन माडी नगरपालिका–७ बस्ने वर्ष ६० की मेनुका न्यौपाने
नयाँ मेडिकल कलेजमा उपचाररत घाईतेहरूः
– नवलपुर देवचुली नगरपालिका–६ वस्ने वर्ष ३८ को भिम बहादुर मसराङ्गी
– तनहु मधुवन ४ वस्ने वर्ष २९ की रेखा माझी, निजकी छोरी वर्ष ४ की एलिना माझी
– काठमाण्डौ १४ वस्ने वर्ष ७२ को कान्छा गुरुङ
– चितवन भरतपुर १८ वस्ने वर्ष ३२ को प्रदिप लामा
– भरतपुर १७ बस्ने वर्ष ३३ को मान सिंह तामाङ
– खैरहनि ८ बस्ने वर्ष ६२ को ईन्द्र प्रसाद रिजाल
– काठमाण्डौ १४ बस्ने वर्ष ४७ को मुखिया गुरुङ
– काठमाण्डौँ १४ बस्ने बर्ष ४१ को कर्म गुरुङ
– झापा घरभई हाल काठमाण्डौ महाराजगन्ज बस्ने वर्ष २७ को प्रज्वल सेढाई