चितवन ।जंगली हात्तीको आक्रमणमा परी चितवनको पर्यटकीय क्षेत्र सौराहामा एक विदेशी पर्यटकको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका वडा नं ६ मा रहेको बछौली हात्तीसार नजिकको जंगलमा हात्तीले आक्रमण गर्दा शुक्रबार अन्दाजी ३१ बर्षका विदेशी पर्यटक ईजरायली नागरिक समिउल वोइकनरको मृत्यू भएको हो ।
घटना स्थलमै मृत्यु भएका उनको शव परिक्षणका लागि अस्पताल पठाइएको निकुञ्जका सौराहा सेक्टर प्रमुख शरदमणि पौडेलले जानकारी दिनुभयो ।