चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बिल बिजक भन्दाबढीको कपडासहित दुई कन्टेनर (ट्रक)लाई नियन्त्रणमा लिएको छ ।
हिजो बिहान करिब ८ बजेको समयमा भरतपुर महानगरपालिका–१० मालपोत चोकस्थित बाइपास सडकमा पूर्वबाट चितवनतर्फ आउँदै गरेका ना ३ ख ५२५० र ना ३ ख ७६५६ नम्बरको भाडाका कन्टेनर रोकि खानतलासी गर्दा बिल बिजकभन्दा बढीको लत्ता कपडा फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
आवश्यक कारबाहीको लागी दुवै कन्टेनरलाई राजश्व अनुसन्धान विभाग ललितपुर पठाईएको उनले बताए।