चितवन। भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका सबै जात जातिको साझा थलो भएको बताउनु भएको छ । भरतपुरमा सबै जात जाती, धर्म सस्कृती र रितिरिवाज भएका समुदायका मानिसहरुको बसोबास छ, त्यसैले भरतपुर सबैको साझा फुलबारी हो उपप्रमुख अधिकारीले भन्नू भयो ।
नेवा देय दबु चितवनको गुठि, समाज, खल: पुच:हरुको अन्तरक्रिया कार्यक्रमलाई आज भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले सयपत्रि फुलको मालामा जस्तै भरतपुरमा धेरै समुदायका मानिसहरुको बसोबास रहदै आएको प्रष्ट पार्नु भयो । भरतपुर महानगरपालिकाले सबै समुदायका मानिसहरूलाई एक सिक्काको दुई पाटाका रुपमा स्थापित गराउन सफल भएको बताउदै चितवन जिल्ला साच्चिकै ७८ औ जिल्लाको रुपमा परिचित भएको समेत टिप्पणी गर्नु भयो ।
भरतपुर महानगर त्यस्तो एक मात्र महानगरपालिका हो जसमा ७७ जिल्लाका सबै समुदायका मानिसहरुको बसोबास रहेको छ उप प्रमुखले भन्नू भयो,त्यसैले हाम्रो महानगर देशकै ६ वटा महानगर मध्येमा भाग्यमानी र विकसित छ । यो देशको मुल ढुकुटी अझै पनि नेवार समुदायको हातमा रहेको उल्लेख गर्दै उहाँले आफ्नो अधिकार प्राप्तिका लागी सधै तल्लीन भएर लाग्न नेवार समुदाय लाई आग्रह पनि गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाश बक्ताहरुले नेवारी भाषा, कला र सस्कृतिको सरक्षण गर्नु पर्नेमा जोड दिएका छन ।
कार्यक्रममा भरतपुर १२ का अध्यक्ष लेखराज पन्त हरि,नेवा देय दबु केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल श्रेष्ठ,सदस्य हरि कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।