चितवन । रत्ननगर नगरपालिका वडा नं.११ स्थित पन्चकन्या सामुदायिक वन र चतुरर्मुखी सामुदायिक वनको सिमानामा शुक्रबार बिहान गैँडा मृत अवस्थामा भेटिएको छ ।
पन्चकन्या सामुदायिक वनका अध्यक्ष कृष्णप्रसाद वगालेका अनुसार करिब ५ बर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको हो । गैँडाको खागखुर भने सुरक्षित रहेको उनले जानकारी दिए । वगालेले वन्यजन्तुको आक्रमणबाट गैँडाको मृत्यु भएको हुन सक्ने बताए ।
गैँडाको २/३ महिना अगाडि मृत्यु भएको आँकलन गरिएको छ ।