चितवन । भरतपुरमा महिला हिंसा तथा आत्मा रक्षा कला तालिम बुधबार सम्पन्न भएको छ ।भरतपुर महानगरपालिका वडा ३ को आयोजनामा भएको ३ दिने तालिममा वडा भित्र भएका महिलाहरुलाई नैतिकवान र चरित्रवान बनाउने उद्धेश्यका साथ तालिम आयोजना गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै महानगर उपप्रमुख चित्रसेन अधिकारीले महिलाहरु अब समाजमा एक्लै लड्न सक्ने र आफुलाई परि आएको खण्डमा आफ्नो प्रतिरक्षा आफै गर्न सक्ने उप प्रमुख अधिकारीले बताए । यस्ता खालका तालिमहरुले महिलाहरुमा आत्म बिश्वास बढाउनुको साथै समाजमा सामाजिक कार्य गर्नमा पनि थप प्रेरित गर्ने छ उने भने ।
समापन कार्यक्रममा वडा अध्यक्ष विकास थापाले यस्ता खालका तालिमहरु आगामी दिनहरुमा पनि क्रमशः गर्दै जाने सोच भएको बताए ।
तालिममा २२ वटा टोल र ११ वटा आमा समुहबाट छनौट भएर आएका १५० जना भन्दा बढी महिलाहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा नगर कार्यपालिका सदस्य सुकमाया परियार,वडा सदस्य कमला देबि बोलखे,राम बहादुर लोहनी, माधब अर्याल, सहभागीहरुको तर्फबाट फुलमाया थापा मगर लगाएतले मन्तव्य दिएका थिए ।