चितवन। चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एक सिंगे गैंडालाई सेफ्टीट्याङ्कीबाट उद्धार गरिएको छ । होटलका सेफ्टीट्याङ्कीमा खसेको गैंडालाई निकुञ्ज र स्थानीयले उद्धार गरेका हुन् ।
आहारको खोजिमा बस्ती पसेको गैंडा स्थानीय होटलको सेफ्टीट्याङ्कीमा फसेको थियो । राती दुई बजे फसेको सो गैंडालाई बिहान ४ बजे उद्दार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
जेसीवीको प्रयोग गरेर घाउचोट लाग्न नदिइ गैंडाको उद्दार गरिएको उहाँले बताउनुभयो । अन्दाजी १६ बर्षको सो गैंडालाई निकुञ्जले दुई बर्ष अघि मेघौलीबाट उद्दार गरी ल्याएको थियो । सो गैंडा हरेक रात आहारको खोजीमा बस्ती प्रवेश गर्ने गरेको छ । राप्ती नदी तर्फबाट बस्ती छिर्न खोज्दा गैंडा सेफ्टीट्याङ्कीमा फसेको हो ।