चितवन। भरतपुरमा प्रथम भरतपुर महानगरपालिका अन्तर वडा स्तरीय नकआउट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । गढिमाइ ब्याडमिन्टन कवर्डहल भरतपुर १९ को आयोजनामा प्रथम भरतपुर महानगरपालिका अन्तर वडा स्तरीय नकआउट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा महानगर भित्रका २९ वटै वडाका ७० टिमले सहभागिता जनाएका छन।
प्रतियोगितालाई समुद्वघाटन गर्नु हुदै भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले खेल र बिकास एक अर्काका परिपुरक भएको उल्लेख गर्नु भयो । इतिहास हेर्दै जादा जुन क्षेत्रमा खेलकुदको बिकास भएको छ त्यो क्षेत्रमा बिकासले फड्को मारेको छ उप प्रमुख अधिकारीले भन्नू भयो, त्यसैले खेल र बिकासको सम्बन्ध एक सिक्काका दुई पाटा जस्तै हो ।
देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन गर्न र ब्याडमिन्टन खेलको विकासको लागि यस्ता खालका प्रतियोगिताहरु निकै महत्त्वपूर्ण र फलदायी हुने पनि उप प्रमुख अधिकारीले बताउनु भयो । पश्चिम चितवन कै गहनाको रुपमा रहेको यो कबर्ड हल सुविधासम्पन्न छ, तर यसको प्रयाप्त उपयोग हुन सकेको छैन उप प्रमुख अधिकारीले भन्नू भयो, गढिमाइ ब्याडमिन्टन कवर्डहलको एक्लो प्रयासले मात्र हुँदैन, यसमा सघ, प्रदेश र स्थानीय सरकारको पनि उत्तिकै महत्त्वपूर्ण भुमिका रहन आबश्यक छ ।
उहाँले यस क्षेत्रको बिकास र समृद्धिका लागि आफुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रष्ट पार्नु भयो । त्यसका लागी भरतपुर महानगरपालिका तपाईहरु सगै हातेमालो गरेर अगाडी बढ्न चाहन्छ । देशका ७ सय ५३ स्थानीय तह मध्येमा भरतपुर महानगरपालिकालाइ अग्र पक्तिमा उभ्याउन सकिएकोमा खुशी व्यक्त गर्दै उप प्रमुख अधिकारीले महानगरबासी सम्पुर्णमा धन्यवाद समेत दिनु भयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद पन्ध्र हजार, ट्रफी, मेडल र प्रमाणपत्र,द्वितीय हुनेले नगद दस हजार,ट्रफी, मेडल र प्रमाणपत्र, र तृतीय हुने दुई टिमले नगद पाँच हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सयोजक लेख बहादुर गुरुङले जानकारी दिनु भयो ।
कार्यक्रममा भरतपुर १९ का वडा सदस्य राज कुमार गुरुङ,कार्यक्रम सयोजक लेख बहादुर गुरुङ, टुर्नामेन्ट सयोजक मनोज थापा काजी, सल्लाहकार इमान सिह गुरुङ लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।