काठमाडौं। आज देखी सुरु हुने बिबेकशिल साझा पार्टीका प्रथम महाधिवेसनका लागि तीनजनाले नेतृत्वमा आकंक्षा ब्यक्त गरेका छन ।
सो पार्टीका केन्द्रिय नेताहरु समिक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकक्षा ब्यक्त गरेका हुन । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेसन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन । “अध्यक्षका लागि अहिलेसम्म तीनजनाको नाम आएको छ, महाधिवेसनवाट नयाँ नेतृत्व चयन गर्नेछ’ परियारले भने ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १ बजे सुरु हुने महाधिवेशनको तयारी सम्पन्न भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो ।
महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए ।उनका अनुसार महाधिवेसन पछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ ।
शुक्रबारवाट देखी सुरु हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
शनिवारसम्म चल्ने महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
सो पार्टीका पुर्व अध्यक्ष रविन्द्र मिश्रले ‘बिचार भन्दा माथी देश’ भन्ने फरक प्रतिवेदन पेश गरे पछि बिबेकशिल पार्टी छिन्न भिन्नको अवस्थामा पुगेको थियो । मिश्रका कारण राजनीतिक गतिबिधि लगभग शुन्यमा पुगेको सो पार्टीले महाधिवेसन गरेर नयाँ रुप लिन लागेको हो ।