चितवन। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथि कसैको पनि धम्की र अनावश्यक टिप्पणी स्वीकार्य नहुने बताएका छन्।
कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार गरेको अन्तरक्रियामा एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिका र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार सञ्चार क्षेत्रबारे टिप्पणीबारे नेता कोइरालाले प्रतिक्रिया दिएका हुन्।
‘स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन्’, ओली र लामिछानेले दिएका अभिव्यक्तिबारे डा. कोइरालाले भने, ‘यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य हुँदैन।’
नेता कोइरालाले रवि लामिछानेको सांसद पद खारेज भएर रिक्त रहेको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने पनि बताएका छन्।
यसअघि कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पनि पार्टी नेता कार्यकर्ता एक भएमा उपनिर्वाचन जित्ने बताएका थिए।