चितवन। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदको उम्मेदवार नै बन्न अयोग्य भएको ठहर गरेर उनको पद खारेज भएपछि चितवन क्षेत्र न २ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । चितवन क्षेत्र न २ मा उपनिर्वाचनबारे बहस चलिरहँदा एक प्रतिस्पर्धी भने निर्वाचन आयोगमा निवेदन बोकेर जान लागेका छन् ।
नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका हुन् । उनी आइतबार बिहान कार्यालय खुलेपछि आयोगमा जाने तयारीमा रहेका हुन् ।
निवेदन दिएपछि श्रेष्ठले आइतबारै राजधानीमा पत्रकार सम्मेलनको तयारी समेत गरेको उनको सचिवालयले जनाएको छ । चितवन २ मा श्रेष्ठ १४ हजार ९८८ मत मात्र पाएर दोस्रो भएका थिए । लामिछाने उम्मेदवार बन्न नै योग्य भएसँगै दोस्रो भएको आधारमा आफूलाई स्वतः विजयी घोषणा गरिनुपर्ने श्रेष्ठको जिकिर छ ।