काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सत्ता साझेदार दलका नेता केपी शर्मा ओली बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डलाई भेट्न ओली शनिबार बिहान बालुवाटार पुगेका हुन्।
दुइ नेताबीच राष्ट्रपति निर्वाचन, गृहमन्त्रीको नियुक्ति लगायत विषयमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।