चितवन । माडीको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग भेट गरेको छ ।
बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालको नेतृत्व र माडीका नगर उप-प्रमुख खेम प्रसाद महतो समेतको सहभागितामा काठमाडौं पुगेको प्रतिनिधी मण्डलले नगरका अपुरा अधुरा योजनाहरुको कार्यान्वयन तथा रीउ करिडोर निर्माणका लागि प्रधानमन्त्री प्रचण्डसंग भेट गरेको हो ।जवाफमा प्रधानमन्त्री प्रचण्डले रिउ करिडोरलाई रातो किताबमै राखेर अगाडी बढाउने बताउनुभयो । त्यस क्रममा निकुञ्जभित्रको सडक लगायत माडीका अन्य महत्वपूर्ण योजनाहरुबारे समेत छलफल भएको छ ।
प्रतिनिधी मण्डलमा नेकपा (माओवादी केन्द्र)का माडी नगर अध्यक्ष प्रभु प्रसाद महतो, सचिव नेत्र काफ्ले, सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रनाथ आले, आरआरएनका परियोजना संयोजक रविन्द्रसिंह ठकुरी लगायतको सहभागिता रहेको माडी नगर विपद् ब्यवस्थापन स्रोत ब्यक्ति गोविन्द न्यौपानेले जानकारी दिनुभयो ।