काठमाडौँ । सरकार जान चाहने सत्तारुढ गठबन्धन दलहरुभित्र मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन । यही भागबण्डाबारे छलफल गरेर टुंगो लगाउन आज पनि सत्ता–गठबन्धनको बैठक जारी छ ।
शनिबार र आइतबार पनि मन्त्रिपरिषद विस्तार र मन्त्रालयहरुको भागबण्डाका लागि सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहानैदेखि जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाज प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको डेढ महिनामा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । गठबन्धनमा आबद्ध दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा पछिल्ला बैठकहरुले पनि निकास दिन सकेन । आज चाहिँ सहमति जुटाएर मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने र सम्भवतः आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।