चितवन। भरतपुर–२७ का ईन्जिनियर भरतप्रसाद अधिकारीको निधनप्रति भरतपुर महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । बिहीबार भरतपुर महानगरपालिका सभाहलमा आयोजित शोक सभामा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ईन्जिनियर अधिकारीको असामाहिक निधनप्रति सिङ्गो महानगरपालिका मर्माहात भएको बताउनुभयो । मेयर दाहालले दिवंगत अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।
भरतपुर वडा नम्बर २७ र २८ को प्राविधिकका रुपमा कार्यरत अधिकारीको हृदयघात भएपछि चितवन मेडिकल कलेजमा माघ २ गते निधन भएको थियो । अधिकारीको बुधबार काभ्रेघाटमा अन्तयष्ठी गरिएको थियो ।
अधिकारी २० वर्षअघि राष्ट्रसेवक कर्मचारीका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । शोक सभामा अधिकारीको योगदानबारे स्मरण गरिएको थियो । सभामा भरतपुर महागनरपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, ईन्जिनियर सूर्यप्रकाश लामाले अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको थियो ।