चितवन । माडीमा क्रियाशील राजनैतिक दलसहित माडी नगरपालिकाको संयुक्त बैठकले चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणका लागि नेपाल सरकार समक्ष माग गर्ने निणर्य गरेको छ ।
माडीमा सम्पन्न नगरपालिका सहितको सर्बदलीय बैठकले संघीय सरकार समक्ष निकुञ्जभित्र सडक निर्माणको माग गरेको हो ।
नगरप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षता, नेकपा (माओवादी केन्द्र) माडी नगर अध्यक्ष प्रभु प्रसाद महतोको समन्वय र बागमती प्रदेशससभा सदस्य ठाकुर प्रसाद ढकालको विशेष उपस्थितिमा सो बैठक सञ्चालन भएको हो ।
त्यसैगरी बैठकले बन्यजन्तु छेक्ने, तटबन्धन हुने र बाटो समेत बन्ने बहुउद्देश्यीय रीउ करिडोर परियोजनाको बिषयमा छलफल गर्दै त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी संघीय सरकारसंग बहुबर्षिय कार्यक्रम माग गर्ने पनि निणर्य गरेको छ ।
त्यस्तै, पूर्वी माडीको वडा नं. ८ र ९ मा अधुरो रहेको हुलाकी सडक निर्माणलाई अगाडि बढाउन आवश्यक समन्वय र सहजिकरण गर्ने र तत्काल निर्माणकार्य अगाडि बढाउन निर्माण व्यवसायीलाई अनुरोध गर्ने पनि निणर्य गरेको जनाइएको छ ।