काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधर तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार एकान्तकुनाको यातायात कार्यालयमा छड्के चेकिङमा पुगेका छन् ।
मंगलवार बिहान कार्यालय खुल्नेबित्तिकै एकान्तकुना पुगेका मन्त्री श्रेष्ठले त्यहाँ भइरहेको सेवा प्रवाह, सेवाग्राहीको गुनासो आदि विषयमा जानकारी समेत लिएको मन्त्रीका प्रमुख स्वकीय सचिव विजय गौतमले बताए ।