चितवन । कालिका नगर अस्पतालले भिडियो एक्सरे सेवा सुरु गरेको छ । अहिले तत्कालका लागि दुई दिन (आइतवार र विहीवार) अस्पतालले भिडियो एक्सरे सेवा दिने अस्पतालले जनाएको छ ।
यो सेवा हिजोदेखि सुरु गरिएको हो । हिजो पहिलो दिन सातजनाको एक्सरे गरिएको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए । अस्पताल नगरपालिकाकै मातहतमा संचालनमा छ ।
चौविसैघण्टा सेवा दिँदै आएको अस्पतालले आफ्ना अन्यसेवालाई समेत प्रभावकारी बनाउने योजनाका साथ अघि बढिरहेको छ । हाल ५ जना चिकित्सक र दुईजना स्टाफनर्स अस्पतालमा कार्यरत्त छन् ।
अस्पतालमा औषधीको अभाव हुन नदिन ५९ लाखको औषधी टेन्डर प्रक्रिया मार्फत खरिद गरिएको नगर प्रमुृख रेग्मीले जानकारी दिए । अस्पतालले आफ्नै ल्याब प्रयोगशाला समेत संचालनमा ल्याएको छ । ‘सामान्य विरामीहरु स्वास्थ्य उपचारकालागि भरतपुर जान्न नपर्ने गरी अस्पताललाई व्यवस्थापन गरिरहेका छौं ’–नगरप्रमुख रेग्मीले भने ।