चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउनु भएको छ । भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानले शनिबार ८७ औँ भूपि जयन्तीको अवसरमा आयोजना गरेको देशव्यपी खुल्ला कविता प्रतियोगितालाई सम्बोधन गर्दै उहाँले कला सहित्य तथा संस्कृतिको जर्गेना गर्न महानगरले प्रतिष्ठानको स्थापना गरेको उल्लेख गर्नुभयो ।
भरतपुर प्रज्ञा–प्रतिष्ठानको कुलपति समेत रहेनु भएकी मेयर रेनु दाहालले कला सहित्यको क्षेत्रमा कमल चलाउनेहरुलाई सानो भएपनि आर्थिक सहयोग प्रदान गरेर देशको ६ वटा महानगरपालिका मध्ये भरतपुरले नयाँ कामको थालनी गरेको बताउनुभयो ।
मेयर दाहालले कवि भूपि शेरचनले नेपाली भाषा साहित्यमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँ प्रति श्रद्धा सुमन व्यक्त गर्नुभयो ।
कार्यक्रममा देशका ४० जिल्लाबाट १ सय १५ प्रतियोगिहरुले आफ्ना सिजर्नाहरु प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा यज्ञप्रसाद न्यौपानेको असहमतिको दस्तावेज कविता सर्वेउत्कृष्ट, सुजन थपालीयाको आमा कविता उत्कृष्ट, राधिका कल्पितको पेन्सन कविता उत्तम, जनक कार्कीको चिहान खनिरहेको मान्छे र नारायणी अधिकारीको दुर्गा भवानी उठ भन्ने कविताले प्रोत्सहान पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा सर्वोउत्कृष्ट, उत्कृष्ट, उत्तम र प्रोत्सहान स्थान हासिल गर्नेहरुले महानगर प्रमुख दाहालले क्रमश : ४० हजार ७८, ३० हजार ७८, २० हजार ७८ र दुई जनालाई १० हजार ७८ र प्रमाण–पत्र प्रदान गर्नु भयो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति ईन्द्रप्रसाद रेग्मी, महानगर शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेल, कवि गोविन्दराज विनोदी, भूपिन खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो , भने प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।