चितवन । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले मानवीय सेवा नै रेड्क्रसको मुख्य उद्धेश्य रहेको बताउनु भएको छ । उप प्रमुख अधिकारीले अरुको हितकारी कार्य गर्ने रेड्क्रस जस्तो पबित्र सस्थामा धैर्यता तथा समर्पणको खाचो रहेको टिप्पणी समेत गर्नु भयो ।
नेपाल रेडक्रस सोसाइटी भरतपुर उप शाखाको २५ औ साधारणसभा तथा ७ औ अधिबेशनलाई आज शनिबार भरतपुरमा सम्बोधन गर्नु हुँदै उप प्रमुखले रेड्क्रसको महत्त्व नेपालमा मात्रै नभएर बिश्व भरी नै रहेको प्रष्ट पार्नु भयो ।
रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ नेपाल रेडक्रस सोसाईटीले समय समयमा रक्तदान जस्ता मानवीय कार्यहरु गरिरहनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सस्थाका सचिब बिद्या कोइरालाले आर्थिक बर्ष ०७८/०७९ को प्रगति प्रतिबेदन तथा आर्थिक बर्ष ०७९/०८० को प्रस्तावित निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे भने सस्थाका सह कोषाध्यक्ष शोभाखर अधिकारीले आर्थिक बर्ष ०७८/०७९ बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे ।
यसै बिच भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिकाले शिबघाट र देबघाट क्षेत्रलाइ धार्मिक क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य लिएको बताउनु भयो । सस्कृती र परम्पराको सरक्षण गर्नु हामी सबैको समान दायित्व रहेको उल्लेख गर्नु हुँदै उप प्रमुख अधिकारीले भरतपुर महानगरपालिका भित्र रहेका धार्मिक क्षेत्रहरुको पहिचान गरि त्यसको सरक्षणमा लाग्न सबैलाई आग्रह समेत गर्नु भयो ।
भरतपुर ४ शिबघाटमा रहेको मुकुन्देश्वर महादेव मन्दिर ब्यबस्थापन समितिको छैठौ अधिबेशनलाई शनिबार सम्बोधन गर्नु हुँदै उहाँले बिकास र पुर्बाधार सग सगै शिक्षामा पनि व्यापक लगानी गर्ने तयारीमा महानगर जुटिरहेको प्रष्ट पार्नु भयो ।