चितवन । चिसो बढेसँगै भरतपुर महानगरपालिकाले साना विद्यार्थीलाई मध्यनगर गर्दै न्यानो कपडा वितरण गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार भरतपुर–२८ मा रहेको आधारभूत विद्यालय सिसाबासबाट मेयरसँग बालबालिका कार्यक्रम अन्तरगत पहिलो चरणको न्यानो कपडा वितरणको थालनी गर्नुभएको छ । भरतपुरको शिक्षालाई थप गुणस्तरीय बनाउने उदेश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईएको छ ।
चिसोका कारण विद्यालय जान रोकिन् नपरोस् भनेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम विगतको कार्यकालदेखि नै सञ्चालन गर्दै आइरहेको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।
यस्तै भरतपुरका सामुदायिक विद्यालयमा मेयरसँग छात्रा कार्यक्रम अन्तरगत साईकल वितरण, विद्यालयलाई बस हस्तान्तरण जस्ता कार्यक्रमहरुले निरन्तरता पाउने प्रमुख दाहालले जानकारी दिनुभयो ।
पहिलो चरणको न्यानो कपडा वितरण कार्यक्रममा साना विद्यार्थीहरुलाई एक जोड ट्रयाक सुट र ऊनको टोपी वितरण गरिएको भरतपुरका महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।
यस वर्ष १५ सय विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम अन्तरगत पहिलो चरणमा १२ विद्यालयका १ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।महानगरले आज ९बिहीबार० ९ सय ८६ जना विद्यार्थीलाई सहयोग गरेको सहयोग गरेको छ ।
भरतपुर–६ को देवज्योति आधारभूत विद्यालयका १ सय १४ जना, वडा नम्बर १३ को आधारभूत विद्यालय ब्रहमपुरीका ५८ जना, वडा नम्बर १७ को आधारभूत विद्यालय लगौटाका १ सय २२ जना, १८ को आधारभूत विद्यालय भवनवस्तीका १ सय १३ जना विद्यार्थीले न्यानो कपडा पाए । यस्तै वडा नम्बर २१ को आधारभूत विद्यालय रंगीलाका ८९ जना, आधारभूत विद्यालय सीतापुरका ३४ जना विद्यार्थीले न्यानो कपडा पाए ।
यस्तै वडा नम्बर २३ को आधारभूत विद्यालय घैलाघारी, वडा नम्बर २६ को जनमासिंह आधारभूत विद्यालयका ५० जना, वडा नम्बर २७ को काजिमान आधारभूत विद्यालयका ८४ जनाले न्यानो कपडा सहयोग पाएका छन् । भरतपुर महानगरभित्र १ सय १६ वटा सामुदायिक विद्यालय छन् भने ९७ वटा संस्थागत विद्यालय छन् । ७३ वटा आधारभूत तहका विद्यालय छन् । महानगरले विगत ४ वर्षदेखि विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्दै आएको छ । महानगरले छात्राहरुलाई साइकल समेत वितरण गरिसकेको छ ।