चितवन । चितवनको दुई छुट्टा छुट्टै स्थानमा आगलागी भएको छ । बिहीबार बिहान चितवनका राप्ती नगरपालिका र भरतपुर महानगरपालिकाका दुई छुट्टा छुट्टै स्थानमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान १ बजे राप्ती ७ फोरग्रुप प्रेमपुरी बस्ने उमाकान्त कंडेलको घर नजिकै रहेको गोठमा आगलागी भएको थियो ।
आगलागीबाट गोठमा भएको काठ, लत्ताकपडा, टिभी अन्नपात, काठको दराज, तामाको भाडाबर्तन , ना६५प९० नम्बरको मोटरसाइकल र ग्यास सिलिडरमा क्षति पुगेको प्रहरीले जनाएक्को छ । यस्तै आगलागीबाट सामान सार्ने क्रममा गणेश कंडेलको हातमा सामान्य चोट लागेको छ । प्रहरी स्थानिय र दुई वटा दमकलको सहयोगमा बिहान २:१० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट करिब २३ लाखको क्षति भएको प्रहरीको अनुमान छ । उता आजै बिहान ७:४५ बजे भरतपुर ९ स्थित दिननाथ आचार्यको घर नजिकै रहेको परालको गोठमा आगलागी भएको थियो । अचानक तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट गोठमा रहेको दुई ट्रक पराल नष्ट भएको छ । आगो प्रहरी स्थानिय र दमकलको सहयोगमा ९:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।