काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् ।
प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएपछि पहिलो पटक बसेकाे बैठकमा ‘पावर सेयरिङ’ लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनलगायत सहभागी छन् ।