चितवन । माडीमा जीवनपुरदेखि बगहीँसम्मको हुलाकी सडकमा कालोपत्रे र पतरे खोलामा पुल निर्माण अलपत्र छाड्ने ठेकदार कम्पनीहरू बिरूद्ध ब्यानर सार्वजनिक गरी दबाब दिइने भएको छ ।
‘समृद्धिका लागि युवा अभियान माडी’ले हुलाकी सडकको पुरानो पिच भत्काई अलपत्र छाड्दै नयाँ कालोपत्रे सुरु नगरेका ‘बज्रगुरु र ढुकुचु जे.भी.’ तथा पतरे खोला पुल निर्माणको ठेकदार कम्पनी ‘लोहनी एण्ड ब्रदर्श’लाई दबाबमूलक व्यानर सार्वजनिक रुपमा टाँस गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
पुल र सडक निर्माणमा दबाबका लागि माडीका युवाहरुले सुरुवात गरेको सो अभियानले सोमबार बिहान ११ बजे किर्तनपुर, ११ः३० बजे पतरे खोला पुल, १२ बजे जीवनपुर, १२ः३० बजे जनजीवन मा.वि. र बजे वडा नं. ९ कार्यालयमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।
अभियानले आइतबार माडीका निर्माणाधीन परियोजनाहरुको अनुगमन गरी निर्माण कार्य जारी राखेका र सम्पन्न गरेका निर्माण कम्पनीहरुलाई धन्यवाद ज्ञापन समेत गरेको थियो ।