काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय सांसदहरूबाट मासिक जनही १२ हजार रुपैयाँ लेवी उठाउने भएको छ । पार्टी केन्द्रीय पदाधिकारीको पुस ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
‘संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका माननीय सांसदहरूले पार्टीमा बुझाउने मासिक लेवी रु १२००० प्रति सांसदका दरले निर्धारण गर्ने निर्णय गरियो,’ माओवादीको सर्कुलरमा भनिएको छ ।
संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट गरी माओवादी केन्द्रले मासिक ५ लाख ६४ हजार रूपैयाँ उठाउनेछ । यसैगरी प्रदेश सभाका सांसदहरुले पाउने तलब, भत्ता र अन्य सेवा सुविधा प्रदेशहरुमा फरक फरक भएकाले प्रदेश सभाका मन्त्री र सांसदहरुको लेवी निर्धारण सम्बन्धित प्रदेशको पार्टी समितिले गर्ने निर्णय भएको छ ।