चितवन। भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनु भएको छ । शैक्षिक क्षेत्रमा अब्बल मानिदै गएको भरतपुरलाई शैक्षिक हबको रुपमा बिकास गर्न सकियो भने मात्रै गुणस्तरीय शिक्षा आर्जन गर्न सकिने उप प्रमुखको भनाइ छ ।
लक्ष्मी माबि जगतपुरको ५४ औ बार्षिकोत्सब एवं अभिभावक दिवसलाई सम्बोधन गर्दै उप प्रमुखले शैक्षिक क्षेत्रले नै देशको भबिस्य निर्धारण गर्ने हुँदा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।
शिक्षा क्षेत्रमा राजनीति गर्ने छुट कसैलाई पनि नभएको प्रष्ट पार्दै उहाँले देशका ६ वटा महानगरपालिकाहरु मध्येमा भरतपुर महानगरपालिकालाई शिक्षाको क्षेत्रमा उत्कृष्ट बनाउन तर्फ लाग्न सबैमा आग्रह पनि गर्नु भयो ।शिक्षाको ज्ञान बिना बिकास निर्माण हुन सक्दैन उप प्रमुखले भन्नू भयो, देश बिकासको पहिलो खुड्किलो भनेकै शिक्षा हो ।
भरतपुर महानगरले एक बिद्यालय एक खेलमैदानको अबधारणा अगाडि सारेको पनि उप प्रमुखको भनाइ छ । भरतपुर महानगर भित्र ११७ सामुदायिक बिद्यालय र ५१ वटा मा बि रहेका छन ।
बिद्यालयका प्रध्यानाध्यापक ईश्वरी प्रसाद सापकोटाले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक प्रतिबेदन तथा आर्थिक बर्ष २०७८/०७९ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे ।
कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तरमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै बिद्यालयबाट अन्यत्र सरुवा भएर जाने शिक्षकहरुलाइ सम्मान पत्र सहित सम्मान गरिएको छ । साथै २०७८ मा एस इइ परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ सम्मान पनि गरिएको छ ।
कार्यक्रममा भरतपुर २३ का वडा अध्यक्ष दिपक दवाडी,२२ का अध्यक्ष बिष्णुराज महतो,नेपाली काङ्ग्रेस क्षेत्र न ३ का सभापति लाल बहादुर दवाडी,विद्यार्थीहरुको तर्फबाट अमृता तिमिल्सिना,सघ सस्थाहरुको तर्फबाट सरस्वती माबि का नबराज पोख्रेल,शिक्षक अभिभावक सघका बिष्णुहरि घिमिरे लगाएतले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सोमबहादुर ढुगनाको सभापतित्वमा सम्पन्न भएको थियो ।