चितवन । राप्ती नगरपालिका–२ गड्यौलि मा पिकअपले ठक्कर दिँदा पैदल यात्री एक बालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट नारायणघाट तर्फ आउँदै गरेको प्र.२–०३–००१ च १७९२ नं. को महेन्द्र पिकअपले भारत घर भई हाल गड्यौली बस्ने महमद एकलासलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बिहान अन्दाजी ६ बजेर ४५ मिनेटको समयमा ठक्कर दिएको अन्दाजी ९ वर्षका महमदको टाउकोमा चोट लागेर गम्भिर अवस्थामा उपचारको क्रममा पुरानो मेडिकल कलेजमा पठाइएको थियो ।
बिहान ८ बजेर ८ मिनेट जाँदा डाक्टरले उपचारको क्रममा मृत घोषणा गरेका हुन् । ठक्कर दिने पिकअप र चालक बारा जितपुर–७ का दिपेन्द्र झा प्रहरी नियन्त्रणमा छन् ।