चितवन । चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेले संसदीय योजना तर्जुमा बोर्डको अवधारणा अघि सारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले पार्टीको वाचापत्रमा उल्लेख भएअनुसार बोर्डको अवधारणा अघि सारेका हुन् ।
बोर्ड गठनको लागि उनले प्रतिनिधिहरु आह्वान पनि गरेका छन् । सांसद सचिवालयमा ५ जना, विज्ञ १० जना (चितवनका गैरआवासीय नेपालीसमेत), पालिका प्रतिनिधि (भरतपुरबाट ५, कालिकाबाट ४ र इच्छाकामनाबाट ३)जना आउन उनले आह्वान गरेका छन् ।
त्यस्तै, हरेक वडाबाट एक जना वडा प्रतिनिधि र हरेक टोलबाट एक जना टोल प्रतिनिधि आउन पनि उनले आग्रह गरेका छन् । आफ्नो क्षेत्रमा मिलेर काम गर्नका लागि उनले बोर्ड गठन गरेका हुन् ।