चितवन । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा आईतबार माडीको बसन्तपुरस्थित शहीद चोकमा दीप प्रज्जवलन भएको छ ।
वैदेशिक रोजगारको क्रममा मृत्युवरण गरेका नेपाली दाजुभाई दिदीबहिनीहरुको चीर शान्तिको कामना गर्दै माडी नगरपालिकाको आयोजनामा दीप प्रज्वलन गरिएको माडी नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रवीन भण्डारीले जानकारी दिनुभयो ।
बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भन्दै जनचेतना फैलाउनको लागि यस प्रकारको कार्यक्रम महत्वपूर्ण हुने कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
चितवन जिल्लामा माडी नगरपालिकासंगै रत्नगनर नगरपालिका, भरतपुर महानगरपालिका र ईच्छाकामना गाउँपालिकामा सुरक्षित आप्रवासन (सामी) परियोजना सञ्चालनमा रहेको छ ।